देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालमा कोरोना संक्रमण ह्‍वात्तै बढ्यो , आज २६६ नयाँ संक्रमित थपिए

देशान्तर

काठमाडौं । नेपालमा पनि कोरोना संक्रमणदर फेरि ह्वातै बढेको छ। पछिल्लो २४ घन्टामा देशभर २ सय ६६ जनामा कोरोनाका कोरोना संक्रमण पुष्टि भएको छ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ४ हजार ५ सय ३६ जनाको पिसिआर परीक्षण गर्दा आज २ सय ६६ जना नयाँ संक्रमित भेटिएका हुन्।

यस्तै, आज ४ जनाले संक्रमणकै कारण ज्यान गुमाएका छन्। भने १ सय २ जनाले संक्रमणलाई जितेर घर फर्किएका छन्। हाल देशभर ६४ जना क्वारेन्टाइनमा रहेको बताइएको छ। हाल देशभर १ हजार ८ सय ३२ जना सक्रिय संक्रमित रहेको बताइएको छ।