देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो

देशान्तर

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य फेरी बढेको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २-२ रुपैयाँले वृद्धि गरेको हो ।

निगमका अनुसार मूल्य समायोजनपछि काठमाडौं उपत्यका आसपासका क्षेत्रमा पेट्रोलको बिक्री मूल्य १२० र डिजेल तथा मट्टितेलको १०३ रुपैयाँ पुगेको छ ।

यसअघि पेट्रोलको मुल्य प्रतिलिटर ११८, डिजल र मट्टीतेलको मुल्य प्रतिलिटर १०१ रहेको थियो । निगमले निगमले हवाई ईन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको जनाएको छ ।

निगमले इण्डियन आयल कर्पोरेशनले वृद्धि गरेर पठाएको मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको जनाएको छ । निगमले गत माघ यता योसहित छैटौं पटक मुल्य बढाएको छ ।