देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इन्डोनेसियामा बाढी र पहिरोमा परी ४४ को मृत्यु

देशान्तर

जाकार्ता । इन्डोनेसियामा बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको त्यहाँको प्रशासनले जनाएको छ ।

इनडोनेसिया विपत् व्यवस्थापन निकाय, ‘रादिति अ जाती’,का प्रवक्ताले राडित्य जातीले देशको पूर्वी क्षेत्रस्थित नुसा टेङ्गरा प्रान्तमा भीषण वर्षापछि आएको बाढी र पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको पुष्टि भएको उल्लेख गरेका हुन् ।

यसपहिले प्राप्त विवरणमा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या कम्तिमा २० रहेको र पाँच बेपत्ता भएको उल्लेख गरिएको थियो । स्थानीय समयअनुसार आइतबार बिहानै १ बजेतिर यो प्राकृतिक प्रकोपको घटना भएको बताइएको छ । कार्यालयका प्रवक्ता राडित्य जातीले जानकारी दिए ।

बाढी पहिरोका कारण दर्जनौं घरसहित भौतिक संरचनामा क्षति पुगेको प्रारम्भिक विवरणहरूमा जनाइएको छ । घटनामा परी घाइते भएकालाई स्थानीय अस्पतालमा उपचार गराइएको प्रवक्ता जातीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

यसैबीच, इन्डोनेसियाको पश्चिम जाभाको समुद्री क्षेत्रमा शनिबार साँझ एउटा माछा मार्ने डुङ्गा ठूलो पानीजहाजमा ठोक्किएर भएको दुर्घटनामा १७ जना हराइरहेका छन् । बान्डुङ उद्धार एजेन्सीका प्रवक्ता सेनी उलानडारीले १५ जनालाई उद्धार गरिएको र हराइरहेका अरु १७ जनाको खोजीकार्य जारी रहेको बताए ।