देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतबाट फर्किएका तीन जनामा नयाँ प्रकारको कोरोना पुष्टि

देशान्तर

काठमाडौ । भारतबाट नेपाल प्रवेश गर्नेहरुमा नयाँ प्रकारको कोरोना संक्रमण देखिन थालेको छ । भारतबाट सुदूरपश्चिम छिरेका थप तीन जनामा नयाँ प्रकारको कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको हो ।

भारतबाट फर्किएका संक्रमितहरू कञ्चनपुर, डडेल्धुरा र डोटीका हुन्। उनीहरूको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब नमुना परीक्षण गर्दा नयाँ भेरियन्टको भाइरस संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।