देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तीन वर्षमा मोबाइल फोन आयात दोब्बर

देशान्तर

काठमाडौं – तीन वर्षमा मोबाइल फोन आयात दोब्बर पुगेको छ । आर्थिक वर्ष २०७५–७६, २०७६–७७ र २०७७–७८ को फागुन मसान्तसम्म मोबाइल फोनको आयात दोब्बर पुगेको भन्सार विभागको तथ्यांक छ ।

आर्थिक वर्ष २०७५–७६ को फागुनमा १२ अर्ब ६३ करोड ११ लाख ४७ हजार रुपैयाँ बराबरको आयात भएकोमा आर्थिक वर्ष २०७६–७७ को सोही अवधिमा १४ अर्ब ३७ करोड ३ लाख ९६ हजार रुपैयाँ बराबरको मोबाइल फोन आएको छ ।

त्यस्तै आर्थिक वर्ष २०७७–७८ को फागुनसम्म २६ अर्ब ३० करोड ५४ लाख ९५ हजार रुपैयाँ बराबरको मोबाइल फोन भित्रिएको छ । यो आर्थिक वर्ष २०७५–७६ को सोही अवधिको तुलनामा १३ अर्ब ६७ करोड ४३ लाख ४७ हजार रुपैयाँ बढी हो । त्यस्तै आर्थिक वर्ष २०७६–७७ को तुलनामा ११ अर्ब ९३ करोड ५० लाख ९८ हजार रुपैयाँले धेरै भएको विभागको तथ्यांक छ । कान्तिपुर दैनिकबाट