April 23, 2021, Friday
२०७८ बैशाख १०
ताजा अपडेट

आईसीसीले परिवर्तन गर्‍यो क्रिकेटका तीन नियम

  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले क्रिकेट खेलका तीन नियम परिवर्तन गरेको छ । आईसीसीले विकेट जोनको उचाँइ बढाएर स्टम्पभन्दा माथीसम्म पुर्‍याउने निर्णय गरेको छ । यो निर्णयसँगै अब एलबीडब्लुका बेला अम्पायर्स कल गर्दा विकेटको उचाई र चौडाई समान रहनेछ ।

त्यस्तै दोस्रो परिवर्तनमा अम्पायर्सले रिभ्यू लिनुभन्दा पहिले खेलाडीले अम्पायरसँग कुरा गर्न पाउने छन् । खेलाडीले अम्पायरसँग ब्याट्सम्यानको बल खेल्ने प्रयास ठिक भए नभएको बुझ्न पाउँनेछन् ।आईसीसीले परिवर्तन गरेको तेस्रो नियममा थर्ड अम्पायरले खेलको कुनै पनि सटलाई जाँच गर्दै आफ्नो निर्णय लिन सक्ने छन् ।

Advertisement


  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share