देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतले भन्यो- म्यान्मारमा लोकतन्त्र बहाल होस्

देशान्तर

काठमाडौँ – भारतले म्यान्मारमा लोकतन्त्र बहाल हुनुपर्ने बताएको छ । म्यान्मारमा गत फेब्रुअरी १ मा भएको सैनिक कू को बारेमा पहिलो पल्ट प्रतिक्रिया दिदै भारतले राजनीतिक बन्दीको रिहाको माग गर्दै सैनिक सरकारबाट भएको हिंसाको निन्दा गरेको हो ।

भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बागचीले शुक्रबार पत्रकार सम्मेलनमा म्यान्मार बारे भारतको धारणा राख्दै भारत म्यान्मारमा लोकतन्त्र बहालीको पक्षमा रहेको बताएका छन् । उनले बन्दी बनाइएका राजनीतिक व्यक्तिको रिहाइ गर्नुपर्ने पक्षमा भारत रहेको बताएका छन् ।

म्यान्मारमा अहिले सैनिक कू को विरोधमा देशव्यापी प्रदर्शन भइरहेका छन् । सैनिक सरकारले प्रदर्शनलाई दमन गर्दै चलाएको गोली लागेर अहिलेसम्म ४० भन्दा बढी बालबालिकासहित ५ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।