काठमाडौँ । व्यवस्थापिका–संसद सचिवालयले राष्ट्रपति विद्यादेवी भण्डारीबाट आजदेखि चालु हुने संसद्को दोस्रो अधिवेशनलाई यही वैशाख २६ गते सम्बोधन गर्ने गरी तयारी गरेको छ ।
नेपालको संविधानमा नेपाल सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने नीति तथा कार्यक्रम संसदमा राष्ट्रपतिले प्रस्तुत गर्नुहुने व्यवस्था रहेको छ । राष्ट्रपतिबाट संसदको अधिवेशनलाई वैशाख २६ गते सम्बोधन हुने गरी तयारी भएको संसद सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिए ।
त्यस्तै यही वैशाख २२ र २३ गते भूकम्पपछिको पुनःनिर्माण र देशका विभिन्न स्थानमा भएका आगलागीलगायतका सार्वजनिक महत्वको विषयमा छलफल हुनेछ ।
प्रवक्ता डा गौतमका अनुसार वैशाख २४ र २५ गते प्रि–बजेटमाथि छलफल हुनेछ ।
]]>
प्रतिक्रिया