काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) का परराष्ट्रमन्त्रीहरुको १७औं बैठक सम्पन्न भएको छ । विमस्टेकको अध्यक्ष श्रीलंकाले आयोजना गरेको भर्चुअल बैठक विहिबार सम्पन्न भएको हो ।
बैठकमा सदस्य राष्ट्रहरु नेपालसहित भारत, बंगलादेश, श्रीलंका, म्यान्मार, थाइल्याड र भुटान सहभागी रहेका थिए । मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गदै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बिमस्टेकलाई अगाडि बढाउनको लागि सशक्त इच्छाशक्ति र प्रतिवद्धता चाहिने बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बिमस्टेक बैठकमा म्यान्मारमा भएको सैनिक ‘कू’ का विषय र सेनाले आम नागरिकमाथि गरेको दमनका बारेमा भने कुनै प्रश्न नउठेको बताइएको छ । सबै मुलुकका परराष्ट्रमन्त्रीहरुले पूर्वनिर्धारित बिमस्टेकको एजेन्डामाथि नै आ-आफ्ना धारणा राखेको बुझिएको छ ।
बैठकमा पाँचौ शिखर सम्मेलनको घोषणापत्रको विषयवस्तुको बारेमा छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । पाँचौ शिखर सम्मेलन यसै वर्षको नोभेम्बर महिना गर्ने तयारी छ ।
प्रतिक्रिया