देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बिहीवार नेप्सेमा दोहोरो अंकले बृद्धि

देशान्तर

काठमाडौँ – नेप्से दोहोरो अंकले बढेको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज बिहिबार पनि १२ दसमलव ८८ अंकले बढेर २६ सय ३१ दसमलव ८९ बिन्दुमा चढेकोमा सेन्सिटिभ पनि दुई दसमलव ८३ अंकले बढेर चार सय ६६ दसमलव ४२ बिन्दुमा चढेको छ ।

आज दुई सय १८ वटा कम्पनीहरुको ७४ हजार दुई सय आठ पटकको कारोवारमा एक करोड ४३ लाख ९० हजार चार सय ४७ कित्ता सेयर खरिद बिक्री भएका छन् भने कुल कारोवार रकम सात अर्ब २५ करोड नौ लाख २४ हजार एक सय २४ रुपैयाँ पुगेको छ । आज १३ वटा समुहको कारोवारा हुदा चार वटा समुहको सुचक घटेर नौ वटा समुहको सुचक बढेका छन् ।

ती मध्ये बाँणिज्य बैंक समुहको सुचक पाँच दसमलव ४३ अंकले बढेर १८ सय ११ दसमलव ५४ बिन्दुमा चढेकोमा बिकास बैंक, जलबिद्युत, निर्जिवन बीमा, टे«डिङ, फाईनान्स, उत्पादनमुलक, अन्य र लघुबित्त समुहहरुको सुचक पनि बढेकाछन । होटल तथा पर्यटन समुहको सुचक भने ७७ दसमलव २२ अंकले घटेर ३५ सय ७५ दसमलव ३१ बिन्दुमा झर्दा जीवन बीमा, सामुहिक लगानी कोष र लगानी कोष समुहको सुचकहरु पनि घटेकाछन ।  

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको साञ्जेन जलबिद्युत कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर तीन सय ८५ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीह्रुको सुचीमा पहिलो स्थानमा परेको हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट कम्पनीको प्रतिकित्ता सेयर मुल्य पाँच दसमलव ५३ प्रतिसतले घटेर चार सय ४४ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको अपर तामाकोशी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता आठ सय ८० रुपैयाँ अन्तिम मुल्यमा २९ करोड ५६ लाख ३५ हजार आठ सय दुई रुपैयाँको कारोवार भएको छ ।