काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथिको कारवाहीलाई भद्धा मजाकको संज्ञा दिएका छन् । अध्यक्ष केपी शर्मा ओलीले भुसाल र पाण्डेलाई ६ महिनाका लागि निलम्बन गर्दै कारवाही गरेपछि सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता भट्टराईले यस्तो बताएका हुन् ।
उनले ॠषिमुनी र वुद्धको ज्ञान भूमी अनि मार्क्सवादको उर्वर भूमी नेपालमा आजकाल विद्वान, ईमान्दार र नैतिकवनहरुमाथि कार्वाही हुन्छ भन्दै मुर्ख, भ्रस्ट र अनैतिकहरु पुरस्कृत हुने गरेको बताएका छन् । उनले भनेका छन्- ॠषिमुनी र वुद्धको ज्ञान भूमी अनि मार्क्सवादको उर्वर भूमी नेपालमा आजकाल स् विद्वान, ईमान्दार र नैतिकवनहरुमाथि कार्वाही हुन्छ । मुर्ख, भ्रस्ट र अनैतिकहरु पुरस्क्रित हुन्छन । कमरेड धनश्याम र सुरेन्द्रजी माथि त्यस्तै भद्धा मजाक गरिएको छ ।
प्रतिक्रिया