काठमाडौं । इथियोपियाको ओरोमिया प्रान्तमा अज्ञात हतियारधारी समूहले गरेको आक्रमणमा अम्हारा समुदायका ३० जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मंगलबार राति वेस्ट वोलेगा क्षेत्रमा उक्त आक्रमण भएको हो । पछिल्लो समय धार्मिक हिंसा इथियोपिया सरकारको लागि चुनौती बनेको छ
समाचारमा उल्लेख गरिएअनुसार मंगलबार राति नौ बजे आएको हतियारधारी समूहले मानिसहरुलाई एकै ठाउँमा भेला गराई गोली चलाएको थियो । यो आक्रमण ओरोमियाको ओरोमो लिबरेसन आर्मी ( ओएलएफ ) ले गरेको हुन सक्ने आशंका छ ।
ओएलएफ ओरोमियाको विपक्षी पार्टी हो । यो पार्टीमाथि इथियोपियामा लगाइएको प्रतिबन्ध सन् २०१८ मा अबिय अहमद प्रधानमन्त्री बनेसँगै हटेको थियो ।
प्रतिक्रिया