देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतबाट उद्धार गरिएका ७ जना किशोरीलाई महोत्तरी ल्याइयो

देशान्तर

काठमाडौं । महोत्तरीबाट हराएका ७ जना किशोरीलाई भारतबाट उद्धार गरिएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले बुधबार राति ११ बजे भारतबाट उनीहरुलाई उद्धार गरी नेपाल ल्याएको थियो ।

भारतबाट उद्धार गरिएका उनीहरुलाई बुधबार राति नै जिल्ला प्रहरी कार्यालय महोत्तरीको जिम्मा लगाइएको छ । घाँस काट्न भनेर घरबाट निस्केका उनीहरु मंगलबरबाट हराएका थिए ।

किशोरीहरु भिट्टामोडबाट अटो चढेर बिहारको सितामढीस्थित रेल्वे स्टेसन पुगेको पाइए पनि उनीहरु आफैं गए वा अरु कसैले लिएर गएका हुन् भन्नेबारे केही खुल्न नसकेको उनले बताए ।

घाँस काट्न भनेर घरबाट निस्केका उनीहरुलाई कसले र किन त्यहाँ पुर्‍यायो भन्नेबारे अनुसन्धानपछि मात्रै खुल्ने उनले बताए ।

मंगलबार दिउँसो घाँस काट्न गएका २० वर्षीया अस्मिता पासवान, ११ वर्षीया अर्चना पासवान, १७ वर्षीया नगीना पासवान, १३ वर्षीया ज्योति पासवान, १२ वर्षीया सीमा पासवान, १३ वर्षीया रिया पासवान र १२ वर्षीया रञ्जना पासवान हराएका थिए ।