देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओलीले जारी गरे २० पन्ने सर्कुलर (पूर्णपाठ)

देशान्तर

काठमाडौं – पार्टी विवाद चरम विन्दुमा पुगिरहेका सत्तारुढ नेकपा (एमाले) ले पार्टी पंक्तिमा २० पन्ने ‘अन्तरपार्टी निर्देशन’ (सर्कुलर) जारी गरेको छ । पार्टीको गत चैत ७ गते बसेको बैठकको निर्णयबारे जानकारी गराउने उद्देश्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरमा एमालेले ‘अन्तरपार्टी निर्देशन’ जारी गरेको हो ।

मुलुकमा विकसित नयाँ राजनीतिक घटनाक्रम, पार्टीका सामु उपस्थित नयाँ चुनौती र अभिभाराका बीचमा सम्पन्न उक्त बैठकले पार्टी निर्माण, विस्तार र सुदृढीकरणका सम्बन्धमा महत्वपूर्ण निर्णय गरेकाले सोको आत्मसात गर्न र तत्परताका साथ कार्यान्वयनका लागि सम्पूर्ण पार्टी पंत्तिमा निर्देशन जारी गरिएको सर्कुलरमा भनिएको छ । जसमा पछिल्लो राजनीतिक घटनाक्रम र अदालतका फैसलाहरूका सम्बन्धमा सविस्तार ब्याख्या गरिएको छ भने विभिन्न आन्तरिक आदेश र निर्णयहरूबारे जानकारी गराइएको छ ।