काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपाको एकता बदर गर्ने आफ्नो फैसलालाई सर्वोच्च अदालतले सच्याउँने विश्वास व्यक्त गरेका छन् ।तत्कालीन एमाले र माओवादी केन्द्रलाई ब्युँताउने फागुन २३ को फैसलाविरुद्ध पुनरावलोकन निवेदन दर्ता गराएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले सर्वोच्चले उक्त निर्णय सच्याउनेमा आफू विश्वस्त रहेको बताए ।
उनले विगतमा पनि कतिपय फैसला पुनरावलोकनको प्रश्न उठ्यो भने पुनरावलोकन गर्ने गरेको उल्लेख गरे । ‘हामीलाई विश्वास छ, देशको राजनीतिक स्थायित्वका निम्ति, शान्ति र समृद्धिको नयाँ अभियानमा नेपाल जाँदैछ ।’ उनले भने, ‘यस्तो बेलामा एकताबद्ध भइसकेका दललाई विभाजित गर्नेजस्तो राजनीतिक काम अदालतले गरेकाले त्यसलाई सच्याउने छ भन्ने हामीलाई विश्वास छ ।’ नाम सम्बन्धमा रिट निवेदकको निवेदनभन्दा बाहिर गएर गरेको निर्णय सर्वोच्च अदालतले पुनरावलोकन गर्ने विश्वास दाहालको थियो ।
प्रतिक्रिया