देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतीय प्रधानमन्त्री मोदीविरुद्धको आन्दोलनमा बंगलादेशमा थप दुई जनाको मृत्यु

देशान्तर

काठमाडौं । बंगलादेशमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको विरुद्धमा सुरु भएको आन्दोलनमा आइतबार थप दुईजनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म बंगलादेशमा उक्त भ्रमणको विषयलाई लिएर भएको आन्दोलनमा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

विशेषगरी इस्लामिक कट्टरपन्थी हेफाजत ई इस्लाम समुहले हिन्दू–राष्ट्रवादी भारतीय प्रधानमन्त्रीको भ्रमणको विरोधमा आन्दोलन गरिरहेको छ । मोदी गत शुक्रबार ५०औं स्वतन्त्रता दिवसको अवसरमा बंगलादेश भ्रमणमा गएका थिए ।


उनको भ्रमणपछि बंगलादेशमा आन्दोलन चर्किएको हो । उक्त आन्दोलनको क्रममा बंगलादेशमा शुक्रबार पाँच जनाको मृत्यु भएको थियो भने शनिबार पनि ६ जनाको मृत्यु भएको थियो ।