नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ ।
मष्तिश्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८:२४ बजे मृत्यु भएको नर्भिक अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बास्तोलाले देशान्तरलाई जानकारी दिए ।
मस्तिष्कघात भएर नर्भिक अस्पतालमा उपचाररत नेता जोशीको निधन भएको कांग्रेस नेता प्रकाशमान सिंहले पनि पुष्टि गरेका छन् ।
नेता सिंहले फेसबुकमा स्टाटस लेख्दै जोशीलाई श्रद्धान्जली अर्पण गरेका छन् ।
प्रतिक्रिया