काठमाडौं । कोरोनाको खोप बनेपछि वैज्ञानिकहरुले बजारमा नक्कली खोपको खतरा बढ्ने चिन्ता व्यक्त गर्दै आएका छन् । मेक्सिकोमा नक्कली खोप लगाइएको एक रिपोर्टले जनाएको छ ।
मेक्सिकोमा विनियामक स्वास्थ्य बोर्डको अनुसन्धानमा नक्कली कोरोना खोप लगाइएको पत्ता लागेको छ । रिपोर्टको अनुसार, होन्डुरान स्थित एक कपडा कम्पनीको करिब हजार भन्दा बढी कामदारलाई नक्कली स्पुटनिक खोप दिइएको हो ।
होन्डुरानको कपडा कम्पनी ग्रुपो करीमका प्रमुख मोहम्मद यूसुफ अमदानी बाई हुन् र उनी पाकिस्तानका मूल निवासी हुन् । यस मामिलाको खुलासा भएपछि मेक्सिको सरकारले आमदानीको तलाश भइरहेको बताएको छ ।
एक स्थानीय पत्रिकाको अनुसार, जाँचमा उक्त खोप कामदार बाहेक अन्य व्यापारी तथा सकारी अधिकारीलाई पनि दिईएको छ । उनीहरु ग्रुपो कम्पनीका प्रमुख मोहम्मद यूसुफ अमदानी बाई को चिनजानको मानिस थिए ।
उक्त नक्कली खोपको डोज पहिला मार्च १० मा ओशियन भ्यु होटल र एक क्लीनिकमा दिइएको थियो । ग्रुपो करीमको कपडा फ्याक्ट्रीमा काम गर्ने कामदारलाई मार्च १५ मा खोप लगाइएको थियो ।
यस बाहेक नक्कली खोप मेक्सिको सिटी, युकाटन र मेरिडाको व्यापारीहरुलाई पनि लगाइएको थियो ।
त्यस्तै नक्कली खोप लगाउने दुई जना मानिसले सम्बन्धित स्वास्थ्य जोखिमको बारेमा चिन्तित भएको बताएका छन् ।
मोहम्मद युसुफ अमदानी बाई संयुक्त राज्य अमेरिका, पनामा, डोमिनिकन गणराज्य, ग्वाटेमाला र निकारागुआमा टेक्सटाइल कम्पनीको प्रमुख हुन् साथै उनी होन्डुरासको सबैभन्दा धनी व्यक्ति हुन् ।
मेक्सिको सरकार होन्डुरान स्थित कपडा कम्पनी ग्रुपो करीमको जाँच गरिरहेको छ । पछिल्लो बुधवार, क्याम्पेचे अन्तराष्ट्रिय विमानस्थलमा कम्पनीको निजि विमानमा अधिकारीहरुले स्पुटनिक भी खोपको पाँच हजार सात सय भन्दा धेरै नक्कली खोप बरामद गरेका थिए ।
अधिकारीको अनुसार, सेनाको सहयोगले पाँच हजार सात सय ७५ नक्कली कोरोना खोप बरामद गरेका थिए र उक्त खोपलाई कोकाकोलाको बोतलसंगै फ्रिजमा राखिएको थियो ।
कम्पनीले मंगलवार आफ्नो बयानमा अवैध रुपमा कोरोना खोप हजारौं युवालाई लगाउने आफ्नो कुनै योजना नभएको बताएको छ । साथै कम्पनीले खोपलाई कर्मचारी र परिवारको सदस्यलाई निशुल्क दिइने बताएको छ । कर्मचारीलाई कोरोना संक्रमण भएको कारण उनीहरुको सहयोग गर्ने योजनामा रेहेको स्पष्टीकरण दिएको छ ।
प्रतिक्रिया