काठमाडौं । ज्योती लाइफ इन्स्योरेन्सको आईपीओ ५ लाख ९४ हजारले पाएका छन् । शुक्रबार भएको बाँडफाँटबाट उक्त संख्यामा आवेदकले आईपीओ पाएका हुन् । उनीहरुको भागमा १०-१० कित्ता शेयर परेको छ ।
बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडले गरेको बाँडफाँटबाट १२ लाख ३ हजार ८ सय ३५ जना भने खाली हात रहे । यस कम्पनीको आईपीओमा अहिलेसम्मकै धेरै १८ लाख ४२ हजार ४ सय ८० जनाको आवेदन परेको थियो ।
त्यसबाट ४४ हजार ६ सय ४५ जनाको आवेदन रद्द भएको हो । १७ लाख ९७ हजार ८ सय ३५ जनामा गरिएको बाँडफाँटबाट भाग्यशाली आवेदकले आईपीओ हात पारेका हुन् ।
ज्योती लाइफले कुल ६६ लाख कित्ता सर्वसाधारणका लागि छु्ट्याएको थियो ।
प्रतिक्रिया