देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सार्वजनिक जग्गामा आकर्षक बाटिका निर्माण

देशान्तर

काठमाडौँ । जनप्रतिनिधि र समुदायको संयुक्त प्रयासमा भूमाफियाको चङ्गुलबाट फिर्ता गरिएको बुद्धनगरस्थित संयुक्त राष्ट्रसङ्घ उद्यानको दुई रोपनी तीन आना जग्गामा बाटिका निर्माण शुरु भएको छ ।

वाग्मती प्रदेश पूर्वाधार विकास साझेदारी योजना अन्तर्गत रु २० लाख बजेटमा आकर्षक बाटिका निर्माण भइरहेको हो । वाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठको सक्रियतामा बाटिका निर्माणका लागि डिजाइन सम्पन्न गरी बाटिकालाई आकर्षकस्थलका रुपमा विकास गर्न लागिएको हो ।

निर्माणको आज प्रदेशसभा सदस्य श्रेष्ठले अनुगमन गरी बुद्धनगरवासीलाई आवश्यक परेका बेला खुला स्थानका रुपमा प्रयोग गर्न, तरोताजा हुन एवं प्राकृतिक विपत्तिका बेला समुदायले उपयोग गर्ने गरी व्यवस्थापन गर्न लागिएको बताए ।

बाटिका निर्माणपछि संयुक्त राष्ट्रसङ्घ उद्यान अन्तर्गत नै राखी यसको व्यवस्थापन गरिने काठमाडौँ महानगरपालिका–१० का सदस्य नरोज अर्यालले जानकारी दिए । संयुक्त राष्ट्रसङ्घ उद्यानको व्यवस्थापन हाल अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले गर्ने गरेको छ । नदी किनारमा बाटिका निर्माणपछि वाग्मती सफाइ महाअभियानमा पनि सहयोग पुग्ने आशा गरिएको छ ।