देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ससुरा र बुहारीको शव छुट्टाछुट्टै स्थानमा फेला

देशान्तर

ताप्लेजुङ । पाथीभरा याङवरक गाउँपालिका–३ तिरिङ्गेमा दुई जना मृत अवस्थामा भेटिएका छन् । नाताले काका ससुरा र बुहारी छुट्टाछुट्टै स्थान तथा समयमा मृत अवस्थामा भेटिएका हुन् ।

बुधबार दिउँसोदेखि बेपत्ता बनेकी ३६ वर्षीया बिमला बस्नेत बेलुका घाँटीमा प्लाष्टिकको डोरीले बाँधिएको अवस्थामा मृत भेटिएको बताइएको छ । आज विमलाका काका ससुरा पर्ने घनस्याम बस्नेत पासो लगाई झुण्डिएको अवस्थामा भेटिएका छन् । विमलालाई बेलुका करिब ९:०० बजे घर नजिकैको जङ्गलमा घाँटीमा डोरीले बाँधिएको र भुईमा लतारिएको अवस्थामा स्थानीयले फेला पारेका थिए ।

शव फेला परेको खबर पाएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । विमलाको शव परीक्षणका लागि आज जिल्ला अस्पतालमा ल्याइएको छ । घटनास्थलबाट प्रहरीको टोली फर्किएको केहिबेरमा नै विमलाका काका ससुरा पर्ने घनस्याम पनि घर नजिकैको जङ्गलमा मृतावस्थामा भेटिएको स्थानीयवासी विजय डाँगीले जानकारी दिए ।