देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोनाकाे जाेखिम बढेपछि स्वास्थ्य मन्त्रालयले सीसीएमसीलाईलाई दियो ८ बुँदे सुझाव

देशान्तर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनको जोखिम बढेको निष्कर्ष निकालेको छ । छिमेकी देश भारत तथा अन्य युरोपेली देशहरुमा कोभिड–१९ को संक्रमण वृद्धि भएसँगै त्यसको प्रभाव नेपालमा पनि पर्न सक्ने भन्दै मन्त्रालयले सीसीएमसीलाई बिहीबार ८ बुँदे सुझाव दिएको हो ।

मन्त्रालयले मन्त्रालयले विशेषगरी तराईका जिल्लाका नेपाल र भारतबीच सीमा नाकाबाट नेपाल प्रवेश गर्ने क्षेत्रमा निगरानी बढाउने र केन्द्रबाट अनुगमन गर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान कक्षमा निगरानी बढाइ स्वास्थ्य परीक्षणमा थप सक्रियता बढाउने, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूर्वतयारी योजना बनाउन र हाल सञ्चालनमा रहेका सीमानाकालाई कोभिड–१९ को संक्रमणको अवस्था हेरी पुनरावलोकन गर्ने र संक्रमण दर उच्च हुन पुगेमा नाका घटाउनेतर्फ गृह मन्त्रालयले आवश्यक गृहकार्य गर्नुपर्ने लगायत सुझाव दिएको विज्ञप्तिमार्फत जनाएको छ ।