देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सात महिना एमाओवादी एमाले सम्बन्धमा नविकरण

देशान्तर

काठमाडौं । सत्तारुढ नेकपा एमाले र एमाओवादी गठबन्धनको सरकार बनेको सात महिना पछि नविकरण भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डले ९ बुँदे समझदारी गर्दै सत्ता गठबन्धनलाई निरन्तरता दिएका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा विहिवार साँझ एमाले र एमाओवादीबीच ९ बुँदे समझदारीमा हस्ताक्षर भएको हो।

सहमतिका अधिकाशं बुँदा शान्ति प्रक्रियासँग सम्बन्धित रहेका छन्। सहमतिको पहिलो बुँदामा संविधान कार्यान्वयन र सामाजिक आर्थिक परिवर्तनका लागि अनुकूल वातावरण श्रृजना गर्न राष्ट्रिय सहमतिको सरकार बनाउन पहल गर्ने उल्लेख छ। त्यसैगरि दोश्रो बुँदामा संघीयता लगायतका विषयमा मधेशकेन्द्रित दलहरुले उठाएका विषयमा छलफल गरी राजनीतिक सहमतिका आधारमा टुङ्गो लगाउने उल्लेख छ। सहमतिका पाँच बुँदा भने शान्ति प्रक्रियासँग सम्बन्धित रहेका छन् जसमा संक्रमणकालीन न्याय सम्बन्धि कार्य अगाडि बढाउन १५ दिनको मिति समेत तय गरिएको छ। 

त्यस्तै सरकारको नियुक्ति र महत्वपूर्ण निर्णयमा निरन्तर संवाद गर्ने तथा  भूकम्प पछिको पुर्ननिर्माणमा स्वयमसेवक परिचालन गर्ने  र पुर्ननिर्माणलाई द्रुत बनाउने सहमतिमा उल्लेख छ। यसअघि बुधबार एमाओवादीले कांग्रेसको समेत समर्थन प्राप्त भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्ड नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको थियो। साथै एमालेलाई दिएको समर्थन फिर्ताको संकेत गरेको थियो। तर बिहीबार बिहान भएको एमाले नेताहरुसँगको छलफल पछि एमाओवादी अहिलेकै सत्ता गठबन्धनलाइ निरन्तरता दिन राजी भएको हो।

]]>