देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पशुपक्षीजन्य उत्पादनमा नेपाल आत्मनिर्भर भएको सरकारको घोषणा

देशान्तर

काठमाण्डौ । सरकारले पशुपक्षीजन्य उत्पादनमा नेपाल आत्मनिर्भर भएको घोषणा गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज ललितपुरमा भएको एक कार्यक्रममा नेपाल पशुपक्षी तथा मत्स्य क्षेत्रको उत्पादनमा आत्मनिर्भर भएको घोषणा गरेका हुन् ।

विश्व खाद्य तथा कृषि संगठनको मापदण्डअनुसार नेपाललाई पशुजन्य उत्पादनमा आत्मनिर्भर घोषणा गरिएको कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव डाक्टर प्रेम नारायण कँडेले जानकारी दिए ।

विश्व खाद्य संगठनको मापदण्ड अनुसार प्रतिव्यक्ति प्रतिवर्ष ४८ वटा अण्डा उत्पादन हुनुपर्नेमा नेपालमा ५५ वटा उत्पादन हुने गरेको छ । यस्तै प्रतिव्यक्ति १४ किलो मासु, उत्पादन हुनुपर्नेमा २२ किलो उत्पादन रहेको छ । यस्तै वार्षिक प्रतिव्यक्ति ७९ लिटर दूध उत्पादन हुने गरेको छ ।

किसानप्रति सरकारको प्रभावकारी नीति र कार्यान्वयन, निजी क्षेत्रलाई लगानी गर्ने सहज वातावरण, किसानहरुमा पेशाप्रतिको आकर्षण जस्ता कारणले नेपाल आत्मनिर्भर बनेको उहाँले बताए ।

कृषि मन्त्रालयले कृषि क्षेत्रको सबै उत्पादनमा दुई वर्षभित्र आत्मनिर्भर बन्ने र ५ वर्षभित्र निर्यात गर्ने रणनीति बनाएको छ ।