देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चितवन मेडिकल कलेजमा पहिलो पटक कलेजो प्रत्यारोपण सफल

देशान्तर

काठमाडौ । भरतपुरस्थित चितवन मेडिकल कलेजमा पहिलोपटक कलेजोको सफल प्रत्यारोपण गरिएको छ । भरतपुर महानगरपालिका–१० घर भई काठमाडौं बस्दै आएकी ५४ वर्षीय धनकुमारी लामामा कलेजो प्रत्यारोपण गरिएको कलेजले जनाएको छ ।

लामालाई उनकी ३४ वर्षीया छोरी उषाले कलेजो दिएकी हुन् । चैत्र ८ गते झण्डै १२ घण्टा लगाएर कलेजो प्रत्यारोपण गरिएको चिकित्सकहरुले बताएका छन् ।


चिकित्सकहरू डा. सञ्जय यादव, डा. एकानन्द सिंह, डा. किरण अधिकारी, डा.वरुण श्रेष्ठ, डा. .सागर पौडेल, डा. नविन यादव, डा. सुरेश गौतम, डा. विज्ञान पौडेलको टिमले गरेको प्रत्यारोपणमा एपोलो अस्पतालका डा. निरज गोयल, डा .अरुणकुमार, डा. सञ्जीव अनिजा लगायतको टोलीले सहयोग गरेको थियो .