छिमेकी देश भारतमा कोरोना महामारीको दोस्रो लहर चलेपछि नेपालमा पनि जोखिम बढेको छ । नेपालमा दिनुहँ कोरोना संक्रमितको दर बढ्दै गएको छ ।
साता अघि संक्रमितको दर मश्किलले एक सय पुग्ने गरेकामा अहिले उक्त संख्या ह्वात्तै बढेको छ । बुधबार ३ हजार ९६३ नमुना परीक्षण गर्दा १४५ जनामा संक्रमण पुष्टि भएको छ । एक जनाको मृत्यु भएको छ ।
काठमाडौँका अस्पतालहरुमा संक्रमति भर्ना हुने क्रम बढ्दै गएको छ । अस्पतालहरुका अनुसार परिक्षणका क्रममा संक्रमण दर बढेको पाइएको छ । संक्रमण दर अहिले १८ प्रतिशत पुगेको छ ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा लक्षणसहितका संक्रमित भर्ना हुन थालेका छन् । त्यहाँ संक्रमणदर २० प्रतिशत नाघेको चिकित्सकले बताएका छन् । पाटन अस्पताल र बलम्बुस्थित एपीएफ अस्पतालमा पनि बिरामी बढ्न थालेका छन् ।
परिक्षण गराउन आउनेको संख्यामा ह्वात्तै वृद्धि भएपछि अवस्था पहिलाकै जस्तै हुने हो की भनेर सर्वसाधारणमा त्रास बढेको छ । भारतमा दुई साता अघि संक्रमितको संख्या १० हजार थियो । अहिले उक्त दर बढेर ४७ हजार नाघेको छ ।
नेपालमा पनि अबका केही हप्ता संक्रमणको संख्या बढ्दै जाने देखिन्छ ।
प्रतिक्रिया