देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौंमा सार्वजनिक स्थानमा होली खेल्न प्रतिबन्ध

देशान्तर

काठमाडौं । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ को बढ्दो संक्रमण नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्ड कडाइका लागू गर्ने निर्णय गरेका छन् ।

बुधबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले कोभिड संक्रमण नियन्त्रणका लागि यस्तो निर्णय गरेका हुन् । तीनवटै कार्यालयले विज्ञप्ति जारी गर्दै सार्वजनिक स्थानमा धेरै भिडभाड नगर्न, अनिवार्य रुपमा मास्क, सेनिटाइजर लगाउन र सामाजिक दूरी कायम गर्न आग्रह गरेका छन् । जनस्वास्थ्यका मापदण्ड पालना नगर्नेलाई संक्रामण्क रोग ऐन २०२० अनुसार कारवाही गर्ने बताइएको छ ।

नेपालीहरुले उल्लासका साथ मनाउने होली पर्व चैत १५ र १६ गते घरमै बसेर मनाउन समेत जिल्लाप्रशासन कार्यालयहरुको अनुरोध छ । त्यस्तै, जात्रा, मेला, सांस्कृतिक कार्यक्रमहरु नगर्न भक्तपुर जिल्ला प्रशासन कार्याालयले निर्देशन दिएको छ । त्यस्तै, राती ११ बजेपछि रात्रिकालिन व्यवसाय सञ्चालनमा रोक लगाने ललितपुर जिल्ला प्रशासन कार्यालयले निर्णय गरेको छ ।

त्यस्तै, पहिले पहिलेका क्वारेन्टाइन, आइसोलेशन केन्द्रलाई तयारी अवस्थामा राख्न निर्णय गरेको छ ।