काठमाडौँ – आज शेयर बजार मापक नेप्से परिसूचक ४१.३० अंकले बढेको छ। ४१.३० अंकले बढेको नेप्से परिसूचक २ हजार ५७०.२५ विन्दुमा पुगेर कारोबार बन्द भएको छ।
नेप्से परिसूचकसँगै कारोबार रकम पनि उच्च रुपमा वृद्धि भएको छ । आज शेयर बजारमा जलविद्युत बाहेक सबै समूहहरुमा हरियाली छाएको छ। जसमध्ये बैंक, वित्त, व्यापार, जीवन र निर्जीव बीमा, उत्पादनमूलक, इन्भेस्टमेन्ट, म्युचुअल फण्डको शेयर मूल्य बढेको छ।
बुधबार कारोबार रकम पनि ६ अर्ब नाघेको छ । आज ६ अर्ब ७६ करोड २३ लाख ४४ हजार ९ सय ४१ रुपैयाँ बराबरको कारोबार भएको छ । आज २०८ कम्पनीहरुको १ करोड ६९ लाख ३४ हजार ८ सय ९३ कित्ता शेयर कारोबार भएको छ । कारोबारमा आएका मध्ये १६४ कम्पनीको शेयरमूल्य बढेको छ भने २६ कम्पनीको शेयरमूल्य घटेको छ । जसमा १८ कम्पनीको मूल्य स्थिर छ।
सबैभन्दा बढी साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको शेयर मूल्य बढेको छ। साल्ट ट्रेडिङको शेयर मूल्य १० प्रतिशत बढेर १२ हजार ७०५ रुपैयाँ पुगेको छ । यस्तै एचआईडीसीएलको शेयर मूल्य पनि ९.९७ प्रतिशतले बढेर ३९७ रुपैयाँ पुगेको छ। बुधबार ६ वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतमाथि बढेको छ ।
आज सबैभन्दा धेरै निफ्राको ६५ करोड बढीको शेयर किनबेच भएको छ । अपर तामाकोशीको पनि ४१ करोड बढीको कारोबार भएको छ । नेपाल बंगलादेश बैंकको ३४ करोड ५८ लाख रुपैयाँको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया