अर्घाखाँची – नेपाली कांग्रेसका नेता डा. रामशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीमा राजनीतिक चरित्र नदेखिएको बताएका छन् । आज (बुधबार) नेपाल प्रेस युनियन अर्घाखाँचीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले ओली नैतिक रुपमा पतन भएको समेत बताएका छन् । राजनीतिमा नैतिकता हुने भन्दै उनले सत्ता पाएपछि ओलीले चरित्र गुमाएको बताए ।
नेपालमा कम्युनिष्ट पार्टीहरु विस्तारै सकिन लागेको उनले बताए । दुई तिहाई जनमत प्राप्त गर्दा समेत जनभावना अनुसार काम गर्न नसकेको भन्दै महत्तले कम्युनिष्टहरुले मुलुक हाँक्न नसक्ने दावी गरे । महतले ओलीकै सत्ता लिप्साका कारण नयाँ सरकार बन्न असहज भएको पनि बताएका छन् । कांग्रेससँग सत्ताको अनुभव भएकाले कसैले भन्दैमा कांग्रेस सरकारमा जान हतारो नगर्ने पनि बताएका छन् ।
प्रतिक्रिया