काठमाडौं – नेपाली कांग्रेसका सांसद गगन थापाले वर्तमान सरकार रहेसम्म संसदको अपमान बढ्दै जाने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसद थापाले संसदको तिरस्कार, अपमान र उपेक्षा गर्ने काम अझै बढ्दै जाने उनले बताएका हुन् ।
प्रतिनिधिसभा भंग गर्दा सांसदहरुको नभइ जनताको अपमान भएको भन्दै उनले जनताले आफूलाई गरेको अपमानको बदला यथोचित समयमा लिने बताए । प्रतिनिधिसभा भंग गर्ने निर्णय सही थियो भन्ने स्थापित गराउन सरकारले संसदलाई कामविहीन बनाउन खोजेको उनको टिप्पणी छ ।
सरकारले ल्याएका एसिड कारोबारलाई नियन्त्रण गर्ने सहितका सात वटा अध्यादेश प्रतिनिधिसभामा पेश हुन सकेको छैन् । सरकारले संसदमा अध्यादेश गर्न नदिनएको भनेर विपक्षी दलहरुको आलोचना गर्ने गरेको छ ।
प्रतिक्रिया