April 23, 2021, Friday
२०७८ बैशाख १०
ताजा अपडेट
ताजा अपडेट ×

कैलालीमा प्रहरीले गोली चलाउँदा दुई जना घाइते

  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

कैलाली – बसको ठक्करबाट युवतीको ज्यान गएपछि तनावग्रस्त बनेको कैलालीको लम्कीमा प्रहरीले गोली चलाउँदा दुई जना घाइते भएका छन् । प्रहरीमाथि हातपात गर्न खोजेपछि केही राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) हिक्मत थापाले जानकारी दिएका छन् । उनका अनुसार गोली प्रहारबाट घाइते भएकालाई उपचारका लागि कोहलपुर पठाइएको छ ।

मङ्गलवार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत लम्की चोकबाट टीकापुरतर्फ जाँदै गरेको ना ६ ८८३३ नम्बरको बसको ठक्करबाट पैदल यात्री लम्कीचुहा नगरपालिका १ की २२ वर्षीया कमला देवकोटाको ज्यान गएको थियो । त्यही विषयलाई लिएर आन्दोलित भएका स्थानीयवासीले राजमार्ग बन्द गर्नुका साथै टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

Advertisement

प्रदर्शनकारीहरूले इलाका प्रहरी कार्यालय लम्की घेराउसमेत गरेका छन् । प्रदर्शनकारीलाई तितर बितर बनाउन हवाई फायरसमेत गरिएको थियो । ठक्कर दिने बस र चालक बर्दोगोरिया गाउँपालिका १ का ३१ वर्षीय पुष्प कँडेललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाइएको छ ।


  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares