देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कैलालीमा नाला खन्दा भेटिएको बम सेनाको टोलीले निस्क्रिय पार्‍यो

देशान्तर

काठमाडौ । कैलालीमा फेला परेको बम नेपाली सेनाले निस्क्रिय पारेको छ । टीकापुर नगरपालिका–१ स्थित नेपाल खाद्य संस्थानको गोदाम अगाडि फेला परेको सकेट बम नेपाली सेनाको डिस्पोजल टोलीले निस्क्रिय बनाएको हो ।

नाला निर्माणका लागि डोजर खन्ने क्रममा सकेट बम फेला परेको थियो । इलाका प्रहरी कार्यालय टीकापुर प्रहरीले जनाएको छ । आल्मुनियमको भाँडामा वरिपरि कालो टेप र तार बेरिएको उक्त बम कालीरक्षा दलगण मसुरियाबाट आएको नेपाली सेनाको टोलीले निष्क्रिय पारेको प्रहरी जनाएको छ।

बम भेटिएपछि अवरुद्ध भएको उक्त सडक बम निष्क्रिय भएपछि सुचारु भएको छ ।