काठमाडौं – आइतबार बेलुकाको साढे ५ हुँदै थियो । कास्कीको पोखरा महानगरापालिका-१४ मा निर्माणाधिन पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानास्थलमा एक पुरुष प्रवेश गर्छन् । उनको उपस्थिति त्यहाँ रहेका सेनालाई शंकास्पद लाग्छ ।
सेना ती पुरुष भएको ठाउँमा पुग्छन् । ती पुरुष पनि सेनाकै कपडामा थिए । ती पुरुषसँग नेपाली सेनाको सहायक सेनानी दर्जाको दज्र्यानी चिह्नसहित चुस्ता, बुट, भगवती दल गण पोखराको परिचय पत्र र फ्लाइरोज लेखिएको ‘वाकी टकी’ पनि थियो ।
तर पनि उनको गतिविधि शंकास्पद लागेपछि सेनाले उनलाई सोधपुछ गर्यो । अन्ततः पुष्टि भयो उनी नक्कली सेना रहेछन् । यसरी सक्कली सेनाकै अगाडि सेनाकै ‘टुल्स’मा हिँड्ने मुस्ताङ थासाङ-४ का १८ वर्षीय विपिन लगुन विक आइतबार पक्राउ परेका छन् ।
उनलाई लिखत सम्बन्धी कसूरमा ७ दिनको म्याद थपि अनुसन्धान अगाडि बढाइएको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिएका छन् ।
प्रतिक्रिया