देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जापानले दिने १ अर्ब ८ करोड सहायता अनुदान स्वीकार

देशान्तर

काठमाडौं – सरकारले जापानले दिने १ अर्ब ८ करोड बराबरको वस्तुगत सहायता अनुदान स्वीकार गर्ने निर्णय गरेको छ ।

हालै बसेको मन्त्रिपरिषद् बैठकले जापान सरकारले उपलब्ध गराउने करिब १ अर्ब ८ करोड रुपैयाँ बराबरको नसर्ने रोगको निदान र उपचारमा प्रयोग हुने स्वास्थ्य उपकरण वस्तुगत सहायता अुदान स्वीकार गर्ने निर्णय गरेको सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन् ।

त्यस्तै बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडको अध्यक्ष पदमा डढेलधुराका विनोदकुमार जोशी र नेपाल टेलिभिजनको महाप्रबन्धकमा फूलमान वल तामाङलाई नियुक्त गर्ने निर्णय गरेको उनले जनाए ।