काठमाडौं । मस्तिष्कघात भएर गम्भीर अवस्थामा उपचाररत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले दिने भनेको १० लाख रूपैयाँ जोशीका परिवारले लिन अस्वीकार गरेको छ ।
बिहीबारको मन्त्रिपरिषद बैठकले मस्तिष्कघातपछि नर्भिक अस्पतालमा उपचाररत जोशीलाई सरकारका तर्फबाट १० लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो । शुक्रबार जोशीको स्वास्थ्य अवस्थाबारे बुझ्न नर्भिक अस्पताल पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले उपचारका लागि सरकारले १० लाख सहयोग गर्ने निर्णय गरेको जानकारी गराका हुन् ।
जोशीका स्वकीयसचिव पुष्कर पाण्डेले सरकारले दिने भनेको रकम लिन जोशी परिवारले अस्वीकार गरेको जानकारी दिए । फागुन १४ मा मस्तिष्कघात भएका जोशीको गम्भीर अवस्थामा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
प्रतिक्रिया