देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका च्याप्टरद्वाले ११औं स्मृति दिवस मनायाे

देशान्तर

काठमाडौ । गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका च्याप्टरले स्मृतीसभा सम्पन्न गरेको छ।

नेपाली काँग्रेसका पुर्व सभापति एवं पुर्व प्रधानमन्त्री स्वर्गीय गिरीजाप्रसाद कोईरालाको ११औं स्मृती दिवसको पुण्य तिथिमा जिपी कोईराला फाउन्डेशन अमेरिका च्याप्टरको कार्यालयमा उक्त स्मृतीसभा बेलुका ६ बजे वाट ८ बजे सम्म सम्पन्न भएको थियो।

यसै फाउन्डेसनका अध्यक्ष सोमनाथ घिमीरे, उपाध्यक्ष सुवर्ण लामा,महासचिव छिरीगं राप्के लामा,कार्यसमिती सदस्यहरू रामचन्द्र अधिकारी, प्रेम क्षेत्रीअधिकारी, राजेश आचार्य, ध्रुव कुँवर क्षेत्री, रेखा श्रेष्ठ, वरिष्ठ आधुनिक गायिका एवं पुर्व राजा बिरेन्द्र र पुर्व राजा ज्ञानेन्द्रको बाहुलियतवाट गोर्खा दक्षिणबाट विभुषित सपना श्री, नेपाली अमेरिकन कलाकार संघकी कार्यवाहक अध्यक्ष एवं वरिष्ट लोक गायिका निशा सुनार, वरिष्ट लोक गायिका संगीता थापा, समाजसेवि एंव न्युयोर्ककी महिला नेत्री मुना भण्डारी केसि लगायतको उपस्थितिमा सम्पन्न सो कार्यक्रमको शुरूवात स्व। कोईराला लगायत ज्ञात अज्ञात शहिदहरू प्रती १ मिनेट मौनधारण गरीगरीएको थियो।

संस्थाका अध्यक्ष लगायत पदाधिकारीहरूले स्व कोईरालाको तस्वीरमा पुष्पार्पण एवं दीप प्रज्वलन गरी वहाँको ऐतिहासिक व्यक्तित्व एवं योगदानको स्मरण गरेका थिए

यसै च्याप्टरका अध्सक्ष सोमनाथ घिमिरेले गिरिजा बावुले प्रतिपाद गरेको सहमती, सहकार्य र एकताको भाव अहिले पनि उत्तिकै अपरिहार्य रहोको बताए

गिरिजा बावुको ११औ स्मृति दिवसको अवसरमा एन .आर .एन . ए .ऐन सि .सि. अमेरिकाको २०२१(२०२३ कार्यकालको चुनाबको अध्यक्ष पदका चार उम्मेदवारहरु डाक्टर अर्जुन बंजाडे, बुद्धि सागर सुवेदि, तिलक केसि र कृष्ण लामिछाने संग बहस भएको थियो।

पुण्यतिथिमा नेपाल र नेपालीजनताको लागी राणाकाल देखी भारत प्रवासमा रहँदा पंचायतकाल र वहुदलीय व्यवस्था एवं गणतन्त्र स्थापना गर्दा सम्म निरन्तर अथक योद्दाका रूपमा वहाँले पुर्याउनुभएको अतुलनीय योगदान र जीवनको उत्तरार्धमा नेपालमा माओवादी द्वन्द्ववाट १७ हजारभन्दा धेरै नेपालीजनले ज्यान गुमाएपछी देशलाई द्वन्दवाट शान्तीको मार्गमा स्थापित गराउन द्वन्दरत पक्षलाई वार्तामा ल्याई विस्तृत शान्ती सम्झौता समेत गराउन सफल वहाँको अतुलनीय भुमीका रहेको वारे विस्तृत चर्चा गरीएको थियो ।

नेपाली राजनितिमा स्व। गिरिजा प्रसाद कोईराला लाई शिर्षनेता, युगपुरुष, शान्तीनायक, महानायक आदि उपनामले समेत पुकारिन्छ।