रंगहरूको पर्व होली आजबाट विधिवत रुपमा सुरु भएको छ । काठमाडौंको वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ होलीको चीर ठड्याइएपछि देशभर होली पर्व सुरु हुने मान्यता छ ।
चन्द्रमास अन्तर्गत् फाल्गुन महिनाको पूर्णिमाको दिन मनाइने होली यो वर्ष काठमाडौं उपत्यका तथा पहाडी भेगमा चैत १५ गते मनाईदैछ । तराई भेगमा भने चैत १६ गते होलीको विशेष तामझाम हुनेछ ।
वसन्तपुरमा चीर ठड्याउनु अघि पशुपतिस्थित गोरखनाथको मन्दिरमा पृथ्वीनारायण शाहको गुर्जु पल्टनले सलामी दिएर मयलको रूखको शिर चढाएर पशुपति नाथमा मयलको हाँगा चढाउने चलन छ ।
बाजागाजा सहित पशुपतिनाथबाट उक्त पल्टन हनुमान ढोकामा पुगेपछि शुभसाइतमा वसन्तपुरमा करिब ३० फिट अग्लो चीर ठड्याउने गरिन्छ । रंगीचंगी कपडाहरू बाँधिएको तीन छत्रे चीर फागुन शुक्ल पूर्णिमाको राति टुँडिखेलमा लगेर जलाएपछि होली पर्व सकिन्छ ।
प्रतिक्रिया