देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस आज‚ विविध कार्यक्रम गरी मनाइँदै

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस आज मनाइँदैछ। उनको सम्झनामा कांग्रेसले दिउँसो चितवनमा एक कार्यक्रमको आयोजना गरेको सभापति शेरबहादुर देउवाका सहयोगी भानु देउवाले जानकारी दिए।

कोइरालाको २०६६ साल चैत ७ गते निधन भएको थियो। चार पटक प्रधानमन्त्री भएका कोइराला गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री समेत हुन्। उनकै नेतृत्वमा तत्कालीन विद्रोही समूह नेकपा माओवादीलाई मुलधारको राजनीतिमा ल्याउँदै राष्ट्रिय राजनीतिको कोशेढुंगाका रुपमा रहेको बिस्तृत शान्ति सम्झौता भएको थियो। कोइरालाकै अगुवाईमा २०६२/६३ सालको दोस्रो जनआन्दोलन सफल भएको थियो।

जीवनको ६० वर्षभन्दा धेरै समय राजनीतिमा संलग्न भएका कोइरालाको जन्म १९८१ असार १८ गते भारत बिहारमा भएको थियो। नेपाली राजनीतिमा कोइरालाको योगदानलाई अतुलनीय रहेको भन्दै स्मरण गर्ने गरिन्छ।