देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नवीकरण नै नगरी ४० हजार एनजिओ सञ्चालनमा

देशान्तर

काठमाडौं । मुलुकको राजधानी काठमाडौंमा विभिन्न उद्देश्यका लागि खोलिएका गैरसरकारी संघ संस्था एनजिओको संख्या झन्डै ४५ हजार रहेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंको तथ्यांकअनुसार हालसम्म दर्ता भएका ४५ हजार संघ संस्थामध्ये मध्ये करिब पाँच हजारले मात्रै नवीकरण गराएका छन् ।

जिल्ला प्रशासन कार्यालयले नियमित अनुगमन र कडाइ गर्न नसक्दा ४० हजार एनजिओले नवविकरण गर्न कुनै चासो देखाएका छैनन् ।

गैरसरकारी संघ संस्थाहरुले समयमै नवीकरण गर्न अटेर गरेपछि जिल्ला प्रशासन कार्यालयले नवीकरणमा कडाइ गर्ने भएको छ । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले पाँच वर्षसम्म नवीकरण नगर्ने खारेजीमा पर्ने जानकारी दिए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । 

]]>