देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

म्यानमारमा सेनाले बन्द गरायो निजी पत्रपत्रिकाहरुको प्रकाशन

देशान्तर

काठमाडौं । म्यानमारमा निजी क्षेत्रका सबै पत्रपत्रिकाहरु बन्द भएका छन् । सैनिक सरकारले गत बुधबारदेखि निजी क्षेत्रका सबै पत्रपत्रिकाहरू बन्द गर्न निर्देशन दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । गत फ्रेबुअरी १ मा सेनाले सत्ता हत्याएपछि म्यानमारका मिडियामाथि विभिन्न कोणबाट हमला हुँदै आएको थियो ।

यसअघि पनि सेनाले सैन्य शासनको विरोध गरेको भन्दै विभिन्न सञ्चारमाध्यमको प्रशारण अनुमतिपत्र खारेज गरेको थियो । निजी क्षेत्रका पत्रिकाहरु बन्द भएपछि त्यहाँका नागरिकका लागि सूचनाको स्रोत अनलाइनहरु भएका छन ।

तर सेनाले इन्टरनेटको पहुँचलाई समेत सीमित गरेपछि सर्वसाधारण सेना समर्थित अनलाइनमा मात्रै भर पर्नुपर्ने अवस्था आएको छ । सेनाले प्रजातन्त्र समर्थित आन्दोलनलाई बिफल बनाउन फेसबुक, ट्वीटर र युट्युव जस्ता सामाजिक सञ्जालमा पनि कडाइ गरेको छ । एजेन्सी