देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संसदमा कांग्रेसले माग्यो प्रधानमन्त्रीको राजीनामा

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले संसद वैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक कदम भनेर भनिसकेपछि प्रधानमन्त्रीले राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् ।

‘हामी सरकारको सदस्यको ध्यानाकर्षण गराउन चाहन्छौं, अदालतले असंवैधानिक भनेपछि संविधान मान्छौं भन्ने सरकारले त्यो गल्तीको नैतिक उत्तरदायित्व लिनुपर्छ कि पर्दैन,’ प्रतिनिधि सभा बैठकमा खाँणले भने । उनले ओली सरकार बनेदेखि नै संविधानमाथि प्रहार शुरु भएको बताए । सरकार बनेकै दिनबाट विचार अभिव्यक्तिमाथि प्रहार भएको, माइतीघरमा प्रदर्शन गर्न रोक लगाइएको र त्यसविरुद्ध अदालत जानुपरेको उनले स्मरण गरे ।

खाँणले मिडिया विधेकय, गुठी विधेयक किन ल्याउन परेको भन्दै सरकारलाई प्रश्न गरेका छन् । महाअभियोग आउँछ भनेर सदनको बैठक नै अन्तय गर्दिने रु उनले प्रश्न थियो । सरकारले संस्कृति, परम्परा, विचार अभिव्यक्तिमा बन्देज लगाउन खोजेको भन्दै उनले त्यस्ता प्रवृत्ति खतरनाक भएको बताए।

उनले सरकारले नागरिकको गोपनीयता समाप्त गर्ने विधेयक ल्याएकोमा कडा आपत्ति जनाएका छन् । कोभिडको महामारीमा गम्भीर छलफल गरौं, संक्रमण रोक्न छलफल गरौं भन्दा भूमिगत शैलीमा संसदको बैठक नै अन्त्य गरेको भन्दै उनले सरकारको आलोचना गरे ।