काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको शनिबारको केन्द्रीय समितिको बैठकमा आफु सहभागी हुने बताएका छन् । अखिल नेपाल किसान महासंघको भेलालाई शुक्रबार सम्बोधन गर्दै गौतमले शनिबार प्रधानमन्त्रीले बोलाएको पार्टीको केन्द्रीय समितिको बैठककमा आफू सहभागी हुने भन्दै नेपाल-खनाल पक्षलाई पनि सहभागी हुन आग्रह गरेका हुन् ।
नेता गौतमले पार्टी विभाजन हुनुमा सबैभन्दा बढी ओली नै जिम्मेवार भएको बताउदै बैठकमा सहभागी भएर पार्टी भित्रबाट नै ओलीविरुद्ध लडाई लड्नु पर्ने बताए । उनले गुटबन्दीले नेकपा फुटेको बताउदै अहिलेको अवस्थाले एमाले पनि फुट्ने बताए ।
उनले भने, ‘पार्टी विभाजन हुनुमा सबैभन्दा बढी ओली छन्। त्यसपछि प्रचण्ड हुन् । अब हामी पार्टी एक पार्न अगाडि बढेर लाग्नुपर्छ।’ नेता गौतमले ओलीलाई पार्टी सञ्चालनको ज्ञान नभएको भन्दै ओली भन्दा प्रचण्डमा पार्टी संचालनको क्षमता रहेको बताए ।
उनले भने, ‘म ओलीलाई पार्टी संचालन गर्ने क्षमतामा सयमा जिरो र प्रचण्डलाई १० नम्बर दिन्छु ।’ओलीविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका गौतमले सरकारको नेतृत्वमा गएपछि ओलीमा कम्युनिष्ट सिद्धान्त बाहिरको चरित्र देखिएको आरोप लगाए ।
प्रतिक्रिया