काठमाडौँ – सरकारले महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडालको नाम सिफारिस गरेको छ ।शुक्रबार महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजीनामा दिएपछि सरकारले अधिवक्ता बडालको नाम सिफारिस गरेको हो ।
अधिवक्ता बडाल एमालेनिकट ट्रेड युनियन जिफन्टका विदेश मामिला हेर्ने उपाध्यक्षसमेत हुन् ।प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ ।
२०७४ फागुन ८ गते महान्यायाधिवक्तामा नियुक्त भएका खरेलले आफु पूर्ववत जिम्मेवारीमा फर्किने बताउदै राजीनामा दिएका छन् ।
प्रतिक्रिया