देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिरहा र सप्तरी चेम्बर अफ कमर्स गठन

देशान्तर

सिरहा । प्रदेश नं. २ मा सिरहा र सप्तरी जिल्ला चेम्बर अफ कमर्स गठन भएको छ । नेपाल चेम्बर अफ कमर्स प्रदेश २ का उपाध्यक्ष कृष्णजंग कार्की (निराजन)को प्रमुख आतिथ्यमा सिरहा र सप्तरीमा सम्पन्न दुई छुट्टा छुट्टै व्यापारिहरुको भेलाले जिल्ला चेम्बर अफ कमर्स गठन गरेको हो ।

सिराहामा विहीबार सम्पन्न भेलाले रामबाबु यादवको संयोजकत्वमा ९ सदस्यीय सिरहा चेम्बर अफ कमर्सको कार्यसमिति गठन गरेको हो । रामलखन साहको अध्यक्षतामा सम्पन्न कार्यक्रमले सिरहा चेम्बर अफ कमर्सको महासचिवमा सुजित कुमार साहलाई चयन गरेको छ । भेलामा नेपाली कांग्रेस प्रदेश नं. २ का नेता निरमुनी मैनाली विशिष्ट अतिथीको रुपमा उपस्थित थिए ।

यसैगरी राजविराजमा सम्पन्न अर्को भेलाले इसाद अन्सारीको संयोजकत्वमा ९ सदस्यीय सप्तरी चेम्बर अफ कमर्सको गठन गरेको छ । विहीबार सम्पन्न उक्त भेलाको अध्यक्षतामा मुकेश चौधरीले गरेका थिए ।