काठमाडौं – देशभर मतदाताको संख्या १ करोड ६२ लाख ४३ हजार ११० पुगेका छन् । निर्वाचन आयोगले १८ वर्षमाथिका नागरिक मतदाता हुन पाउने प्रावधानअनुसार गरिएको गणनामा मोरङमा सर्वाधिक मतदाता छन् ।
मोरङमा ६ लाख ६९ हजार ४९० मतदाता छन् भने सबैभन्दा कम मनाङमा ५ हजार ९७६ मतदाता छन् । १० हजार ६६० मतदान केन्द्र रहेको देशभरमा गरिएको मतदाताको अद्यावधिक अनुसार ८२ लाख ११ हजार ९५४ जना पुरुष मतदाता छन् । महिला मतदाताको संख्या ८० लाख ३० हजार ९८४ जना छन्। देशभर तेश्रो लिङ्गी मतदाताको संख्या १७२ जना रहेको आयोगले जानकारी दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि आयोगले मतदाताको नाम संकलन र अद्यावधिक सुरु गरेको थियो । फागुन ११ गते सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरिदिएपछि मतदाता संकलन र अद्यावधिक रोकिएको थियो । चैत ७ देखि मतदाताको नामावली संकलन र अद्यावधिक पुनः सञ्चालन गर्ने आयोगले जनाएको छ ।
अद्यावधिक गरिएको मतदाताको संख्या :-
प्रतिक्रिया