देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोनाविरुद्धको खोप अभियान स्थगित

देशान्तर

काठमाडौं । कोरोनाविरुद्धको भ्याक्सिन अभाव भएपछि केही समयका लागि सरकारले खोप अभियान स्थगित गरेको छ । कोरोनाविरुद्धको थप खोप आएपछि मात्र खोप कार्यक्रम संचालन गर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

सरकारले भारतलाई अग्रिम भुक्तानी गरेको मध्येको आधा मात्रै खोप आएकाले अहिलेलाई खोप अभाव भएको हो । कोभ्याक्सअन्तर्गत प्राप्त हुने खोप सम्झौता गरेअनुसार नआउँदा अभियान स्थगित हो । माघ १४ गतेदेखि सुरु भएको खोप अभियान चैत ३ गतेसम्म चलेको थियो ।

हालसम्म १६ लाख ४४ हजार ५ सय ५८ जनाले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् भने दोस्रो मात्रा पहिलो मात्रा लगाएको १० हप्तादेखि १२ हप्ताको बीचमा दिने योजना बनाइएको छ ।