देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आमनिर्वाचन नै काँग्रेसको प्राथमिकतामा : प्रकाशशरण महत

देशान्तर

कैलाली – नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाश शरण महतले अरू कसैको नेतृत्वमा सरकारमा नजाने बताएका छन् । प्रेस युनियन कैलालीले धनगढीमा गरेको पत्रकार सम्मेलनमा उनले भने । ‘काँग्रेस स्पष्ट छ । कसैको नेतृत्वमा सरकारमा जाँदैन । आमनिर्वाचन नै हाम्रो प्राथमिकतामा रहेको छ ।’ नेता महतले अस्वाभाविक र अप्राकृतिक सर्तहरू मानेर नेतृत्वमा पनि नजाने बताए ।

‘लोकतान्त्रिक मूल्य र मान्यतालाई मजबुत गर्न जरुरी छ । यो सरकारबाट हुन सक्दैन । त्यो बुझेर नै नेपाली कांग्रेसले नेतृत्व लिनुपर्छ भन्ने निष्कर्ष निकालेको हो । आवश्यक परे हामी नेतृत्वबाट भाग्ने कुरा आउँदैन ।’ उनले भने कांग्रेस अझै पनि केही समय पर्ख र हेरको अवस्थामा रहको बताए ।