काठमाडौंं । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले देशका ७ सय ५३ वटै स्थानीय तहमा छिटोभन्दा छिटो कालोपत्रे सडक सञ्जाल विस्तार अभियानको उद्घाटन गरेकाछन् ।
आइतबार बालुवाटारबाट प्रधानमन्त्री ओलीले प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम शुभारम्भ गरेका हुन्
प्रधानमन्त्री ओलीले उद्घाटन गरेपछि सातै प्रदेशमा उक्त कार्यको सहमतिपत्र एमओयु मा हस्ताक्षर गरेका छन् । हस्ताक्षरसँगै कालोपत्रे सडक नपुगेका स्थानीय तहमा काम तत्काल शुरू गरिने बताइएको छ ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विरोधका लागि विरोध गर्ने प्रवृत्तिका बाबजुद सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य हासिल गर्न विकास निर्माणका कामलाई तीव्रता दिएको बताए ।
प्रतिक्रिया