देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतमा एकैदिनमा २० लाखभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप

देशान्तर

नयाँ दिल्ली । भारतमा एकैदिनमा २० लाखभन्दा बढीलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । शुक्रबारको यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि अधिकारीहरुले शनिबार जानकारी दिएका छन् ।

योसँगै भारतमा अहिलेसम्म २० लाख ५३ हजार ५३७ मात्राको कोरोना विरुद्धको खोप लगाइएको छ । त्यसमध्ये १६ लाख ३९ हजार ६६३ जनाले पहिलो चरणको खोप लगाएका छन् भने अरु चार लाख १३ हजार ८७४ जनाले दोस्रो चरणको खोप पनि लगाएर लाभान्वित भएका छन् ।

भारतमा ५६ दिन अगाडिदेखि कोरोनाविरुद्धको खोप लगाउन थालिएको हो । खोप लगाउन देशभरी ३० हजार ५६१ ठाउँमा खोप केन्द्र स्थापना गरिएको छ । कुल प्रयोग भएको खोप मध्ये आठ प्रदेशमा ७४ प्रतिशत खोप प्रयोग भएको छ ।