देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतविरुद्धको पहिलो टी-२० मा इङ्ग्ल्याण्ड ८ विकेटले विजयी

देशान्तर

काठमाण्डाै – भारतविरुद्धको पहिलो टी-२० मा इङ्ग्ल्याण्ड ८ विकेटले विजयी भएको छ । भारतले दिएको १२५ रनको लक्ष्य इङ्ग्ल्याण्डले २ विकेट गुमाएर २७ बल बाँकी छँदै पूरा गर्यो ।

योसँगै इङ्ग्ल्याण्डले पाँच टी-२० मा एक शून्यको अग्रता लिएको छ । इङ्ग्ल्याण्डलाई जिताउन जोशन रोयले ४९ रन बनाउँदा जोस बट्लरले २८ रनको योगदान गरे । रोय र बट्लरले ओपनिङ गरेका थिए । यी दुई खेलाडीको बीचमा ७२ रनको साझेदारी भएको थियो । रोयले ३२ बल खेल्दा चार चौका र तीन छक्का प्रहार गरे । त्यसपछि डेभिड मलान र जोनी बेरिस्टोले नट आउट रहँदै इङ्ग्ल्याण्डलाई सहज जीत दिलाए । वेरिस्टोले १७ बलमा २६ रन बनाउँदा दुई छक्का र एक चौका प्रहार गरे ।

यसैगरी २० बलमा २४ रन बनाउँदा मलानले एक छक्का र दुई चौका प्रहार गरे । भारतका लागि युजबेन्द्र चहल र वासिङ्‍गटन सुन्दरले एक/एक विकेट लिए । नरेन्द्र मोदी स्टेडियम अहमदावादमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली भारतले निर्धारित ओभरमा ७ विकेट गुमाएर १२४ रन मात्रै बनाउन सक्यो । भारतको सुरुवात भने राम्रो रहन सकेन ।